• जेष्ठ ३१ २०८२, शुक्रबार

सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिक पक्राउ

भाद्र १ २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना चिनियाँ नागरिक रहेका बताइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो। प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। दुवै जनालाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।