काठमाडौँ । पाकिस्तानमा मुस्लिम धर्मग्रन्थ कुरानको अपमान गरेको भन्दै हजारौँको भिडले इसाई समुदायका चारवटा चर्चमा तोडफोड र आगजनी गरेको छ ।
दुई इसाई धर्म मान्ने पुरुषले कुरानको अपमान गरेको विषय सार्वजनिक भएपछि रुष्ट मुस्लिम समुदायको भिडले बुधबार बिहानदेखि पञ्जाव प्रान्तको जरानवाला क्षेत्रका चार चर्चका साथै इसाई धर्मावलम्बीका दर्जनौँ घरमा तोडफोड र आगजनी गरेको हो । सार्वजनिक भिडियोमा साल्भेसन आर्मी चर्च, सेन्ट पल क्याथोलिक चर्च साथै घरमा तोडफोड गरेको देख्न सकिन्छ ।
पाकिस्तानमा ईश्वरनिन्दाको आरोप पुष्टि भएमा मृत्युदण्डको सजाय तोकिएको छ । ईश्वरनिन्दाको आरोप लागेका व्यक्तिलाई कानुनी तवरले अहिलेसम्म सजाय दिइएको छैन किनभने त्यहाँ यस्तो आरोप लाग्नेलाई धेरैजसो भिडले नै हत्या गरेको उदाहरण छन् ।
पाकिस्तानमा इसाई अल्पसंख्यक हुन् । पाकिस्तानमा ९६ प्रतिशत जनसंख्या मुस्लिमहरूको छ भने इसाईको संख्या मात्र १.२७ प्रतिशत छ ।
🔴 #BREAKING Pakistani Muslim extremists chant religious slogans as they burn down a Church & homes of Christians in Faisalabad.
Attacks come after local Muslims accused a Christian family of blasphemy.
Such pro-blasphemy brigades in Pakistan are known to have state-backing. pic.twitter.com/qbA8jndQvJ
— South Asia Press (@SouthAsiaPress) August 16, 2023
कुरानको अपमान गरेको विषयमा दुई क्रिस्चियन पुरुषविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीका अनुसार इस्लामको पवित्र धर्मग्रन्थ कुरानका पानाहरूमा रातो अक्षरमा लेखिएको अपमानजनक टिप्पणी फेला परेको छ । कुरानको अपमान हुने गरी कुरानका पानामा कोराकार गरिएको र त्यहाँ अपमानित शब्द गरिएको कुरान चर्च नजिकै भेटिएको प्रहरीले बताएको छ ।
पञ्जाव प्रान्तका प्रहरी इन्स्पेक्टर मोहम्मद नाभेदका अनुसार यतिबेला जरानवालामा जारी दंगा रोक्न दर्जनौँ प्रहरी परिचालन गरिएको छ । चर्च र घरमा आक्रमण गरिएको घटनामा हालसम्म सयौँ मानिसलाई गिरफ्तार गरिएको पनि बताइएको छ ।
यसैबीच, चर्चमा आक्रमण भएको विषयमा अमेरिकाले आपत्ति जनाएको छ । चर्चमा आक्रमण हुन नहुने बताउँदै यूएस स्टेट डिपार्टमेन्टले धार्मिक उत्प्रेरित हिंसाका घटनाबाट चिन्तित भएको बताएको छ । यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्नेमा अमेरिकी विदेश मन्त्रालयको जोड छ ।
सीएनबीसीको सहयोगमा