आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कन्जक्टीवाईटिस् भनिन्छ । ‘कन्जक्टीवाईटिस्’ एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।
यसबाट बच्नको लागि संक्रमित, आँखालाई छुने वा माड्ने गर्नु हुन्न । धुलो धुवाँबाट बच्ने प्रयास गर्ने ।कामबाट घर फर्किएपछि चिसो पानिले आखालाई धुनु पर्दछ । अरुको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग गर्नु हुँदैन । मोटर साईकल , स्कुटर चलाउदा सनग्लास को प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिड गर्दा चश्मालागाएर गर्नु पर्दछ । यस रोगबाट संक्रमित ब्यक्तिबाट टाढा नै बस्ने । आँखामा जोरपर्ने गरि कुनै काम नगर्ने । बिधार्थीको हकमा भने स्कुल नजाने घरमै बसेर केहि दिन आराम गर्ने । प्रभावित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने । घरका अन्य सदस्यले पनि रोगीसंग आँखा नजुदाउने तथा टाँडा नै बस्ने ।