• आश्विन १३ २०८१, आईतवार

जारको पानी उमालेर प्रयोग गरौं

श्रावण ३२ २०८०, बिहीबार

वर्षातको समयमा परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई असर पुर्याइरहेको हुन्छ। यो मौसममा रोग प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक खानपानमा बढी नै ध्यान दिनुपर्छ। विशेष गरेर यो मौसममा सङ्क्रमण हुने खालका रोग बढ्ने गरेका छन्। 

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जस्ता रोग बढी मात्रामा देखिने गर्छन्। रुघा लाग्ने खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा फोका डाबर आउने पनि 

सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोगहरू लाग्ने गर्छ। जस्तो हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। 

काँचो फलफूल, सागपात राम्ररी पखालेर खानुपर्छ। पानी फिल्टर गरेर, उमालेर मात्र पिउने बानी बसाल्नुपर्छ। सुरक्षित ठाउँमा दिसा पिसाब गर्ने बानी बसाल्यो भने पनि हैजाबाट बच्न सकिन्छ।

हामीले पानीलाई राम्ररी उमालेर मात्र पिउनुपर्छ। साथै राम्ररी फिल्टर गरेर सफा र किटाणुरहित बनाएर पनि खान सकिन्छ। समय समयमा हात धोइरहनु पर्दछ। जस्तो खाना खानु अघि साबुन पानीले सफासँग मिचीमिची अनिवार्य रूपमा हात धुने गर्नुपर्दछ ।

शारीरिक व्यायाममा ध्यान दिने, खानपानमा ध्यान दिने। साथै घर वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने, पूरा बाहुलायुक्त लुगा लगाउने, झ्याल ढोकामा जालीको प्रयोग गर्ने, कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने। यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ।