काठमाडौं । नेपाल प्रहरीले ‘अपरेसन हनी ट्र्याप’अन्तर्गत दुईजनाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाईकी आसिका रजल मगर र दोलखा भिमेश्वरका राजु खत्री रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको परिचय प्रयोग गरी पुरुषहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगेर भेटघाट गर्ने गर्थे । त्यसपछि पीडितहरूको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पूणर् विवरणहरू डायरीमा संकलन गर्थे ।
सबै विवरण पाएपछि प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई धम्की देखाएर मोलमोलाइ गरेर ठुलो रकम माग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका आठ थान चेक काट्न लगाएर रकम असुल गरेको घटनाका आधारमा पक्राउ गरेको हो ।