• आश्विन १३ २०८१, आईतवार

हेपटाइटिस बी रोग के हो ? जोगिन के गर्ने?

श्रावण २९ २०८०, सोमबार

कलेजो सुन्निने समस्या हेपाटाइटिस हो। सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ।हेपाटाइटिस ए देखी इ सम्म जम्मा पाँच प्रकारका हुन्छन् ।सबै संक्रमणको लक्षण, कारण र उपचार फरक–फरक हुने गर्छ । अन्यको तुलनामा हेपाइटाइटिस बी बढी भयानक हुने गर्छ ।हेपाटाइटिस बी भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले पूर्ण रूपमा निको पार्न सकिँदैन ।

रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधिको सेवन गरिराख्नुपर्ने हुन्छ । ।हेपाटाइटिस बीबाट बच्न हेपाटाइटिस बी विरुद्धको खोप लगाउनुपर्छ ।