• मंसिर १२ २०८१, बुधबार

एकै खेलमा ३ रातो र १० पहेँलो कार्ड, बराबरीमा रोकियो बार्सिलोना

श्रावण २९ २०८०, सोमबार

एजेन्सी । स्पेनिस ला–लिगाको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। सिजन २०२३/२४ को पहिलो खेलमा गेटाफेविरुद्ध मैदानमा उत्रिएको बार्सिलोना गोलरहित बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भयो।

लिग च्याम्पियन बार्सिलोनाले खेलभरी आफ्नो पकड राख्दै विपक्षीको पोस्टमा आक्रमण गरे पनि गोल गर्न भने सकेन।

निकै तनावपूर्ण भएको खेलमा रातो (रेड) र पहँलो (एल्लो) कार्डको वर्षा नै भयो। बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज, विंगर राफिन्हाले रातो कार्ड खाए भने गेटाफेका माटाले पनि रातो कार्ड खाए। पहिलो हाफको ४२औं मिनेटमै रातो कार्ड खाँदै राफिन्हा मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। ५७ औं मिनेटमा गेटाफेका माटाले पनि दोहोरो पहेँलो कार्ड खाँदै रातो कार्ड पाएर मैदान बाहिरिए।

७५ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै १४ पटक आक्रमण गरे पनि बार्सिलोना जितबिहीन हुँदै अंक बाड्न बाध्य भयो। बार्सिलोनामा आबद्ध भएपछि डेब्यू खेल खेलका गुन्डोगनको डेब्यू पनि सोचे अनरुप सुखद हुन सकेन। यो खेलमा ३ रातो कार्ड दिइयो भने १० पहेँलो कार्ड देखाइएको थियो। १० पहेँलोमध्ये ८ कार्ड भने गेटाफेका खेलाडीहरुलाई देखाइको थियो।

ला–लिगाका अन्य खेलहरुमा रियल बेटिसले भिल्लारियललाई २–१ गोल अन्तरले हरायो भने ओसासुनाले सेल्टा भिगोलाई २–० गोल अन्तरले पराजित गर्‍यो।