काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे भएको खेलमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडे।
खेलको १८औं मिनेटमा मोहम्मद सलाहको पासमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
३७औं मिनेटमा चिल्वेलको पासमा डिसासीले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो। दुवै टिमले गरेका थप एक–एक गोल भारमार्फत अफसाइड प्रमाणित भएका थिए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पनि थप गोल हुन सकेन। बराबरी खेल्दै दुवै टोलीले १–१ अंक बाँडेका छन्।