• जेष्ठ २९ २०८२, बुधबार

कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका जेलरविरुद्ध नै पक्राउ पुर्जी जारी

श्रावण २८ २०८०, आईतवार

काठमाडौं । संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले उनीहरुका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएकामध्ये चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।