• जेष्ठ २९ २०८२, बुधबार

जनमतलाई सरकारमा ल्याउन मन्त्री मोदीको पद चट

श्रावण २८ २०८०, आईतवार

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका एक मन्त्रीलाई फिर्ता बोलाउने निणर्य गरेको छ ।

आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निणर्य गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई फिर्ता बोलाइएको हो । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।