अधिक भार बोकेका साधनले कालोपत्रे उप्किएपछि सडमा क्षति भएको छ । ओभर लोडकै कारण उपत्यका भित्रिने मुख्य सडकको अवस्था निक्कै कमजोर बनेको छ। पानी पर्दा भासिने, पहिरो खस्ने अवस्था छ भने अरू बेला धुलो, हिलो र खाल्डाखुल्डीको सास्ती बेहोर्नुपछ । क्षमताभन्दा दोब्बर बढी ढुंगा, क्लिंकर बोक्दा सिद्धार्थ राजमार्ग र तानसेन–हार्थोक कालोपत्र सडक जोखिममा परेको हो ।