• मंसिर १७ २०८१, सोमबार

आइफेलमा आतङ्क !

श्रावण २८ २०८०, आईतवार

फ्रान्सको राजधानी तथा सपनाको सहर पेरिसमा रहेको आइफेल टावर बमले ध्वस्त पारिदिने भनेपछि उक्त टावर पूरै खाली गराइएको छ । सूचना पाएपछि सुरक्षाकर्मीले हतार हतारमा निकै संवेशदनशीलताका साथ खाली गराएका थिए ।

इतिहासको एक अध्याय बोकेको आइफेल टावर यसरी बन्द हुन जाँदा सर्वसाधरणमा भय उत्पन्न हुन गएको छ । अहिले त्यहाँ बम नभेटिएको भनेर भनिए पनि अनुसन्धान भने जारी छ । यसले फ्रान्सेली जनतामा आमभय उत्पन्न गरेको छ ।

वर्तमान समय विज्ञान र प्रविधिको समय पनि हो । अनुसन्धान यसरी पनि अघि बढिरहेको छ कि आज नभए पनि कुनै समयका लागि त्यस्तो अमानवीय र गैरकानुनी कार्य लक्षित पो छ कि !

त्यसैले यसलाई एक हप्ता वा शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ । आइफेल टावरमा विध्वंश हुन लागेको सूचना पाएपछि उक्त टावर सञ्चालन गरिरहेको संस्था एसईटीईले तत्क्षण बम ‘डिस्पोजल’ विशेषज्ञ बोलाएको थियो ।

प्रहरी, अनुसन्धानकर्मी तथा अन्य सुरक्षाकर्मीद्वारा पहिलो तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा बढी खोजी गरेको थियो । तर हाल यो सुरक्षित अवस्थामा रहेको फ्रान्सेली सरकारले जनाएको छ ।

तथापि कुन प्रयोजनका लागि कसले यो ऐतिहासिक धरोहर आइफेल टावर बमले उडाउने सन्देश प्रसारित ग¥यो, त्यो भने गहिरो अनुसन्धानको विषय बनेर रहेको छ ।

आइफेल टावर संसारका पर्यटकहरूले अत्यधिक भ्रमण गर्ने स्थानमध्ये एक हो । यहाँ हरेक वर्ष करोडौं पर्यटकले भ्रमण गर्दछन् । गएको वर्ष यहाँ ६ करोड २० लाख पर्यटकले भ्रमण गरेका थिए ।