• जेष्ठ २९ २०८२, बुधबार

९० वर्षीय बाबुको हत्या गर्ने दिलबहादुर पक्राउ

श्रावण २७ २०८०, शनिबार

काठमाडाौं । आफ्नै बुबा ९० वर्षीय आइतसिंह घलानको हत्या गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगिया बस्ती बस्ने ६० वर्षीय दिलबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका ३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।