काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोल्न डोजर चलाएको छ । शुक्रबार साँझ काठमाडौं महानगरपालिका–१० र बुढानीलकण्ठ–७ को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।
काठमाडौं महानगरपालिका–१० र बुढानीलकण्ठ–७ का वडाध्यक्षबीच सहमति भएपछि महानगरपालिकाका दुईवटा डोजरले खहरे खोला खोल्न थालेका हुन् । यसअघि बिहीबार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो ।