गर्भावस्थामा महिलाले आफ्नो खानपानदेखि लगाउने कुरासम्म ध्यान दिनुपर्ने हुन्छ ।
गर्भावस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चालाई असर पार्न सक्छ ।
– पहिलो चोटी आमा हुन लागेको महिलाले आफ्नो हरेक कुराको ख्याल गर्नु पर्दछ ।
– यो अवस्थामा सन्तुलित आहार खानु निकै आवश्यक र महत्वपूर्ण हुन्छ ।
– सामान्यतया गर्भावस्थामा फास्टफुड र फ्रोजन खाने कुरा खानु हुदैन ।
– यो बेला धेरै दिनसम्म राखेका खानेकुरा पनि खानुहुदैँन ।
– बढी नुन प्रयोग भएको खाना खादाँ शरीर सुन्निने र उच्च रक्तचाप हुने सम्भावना हुन्छ ।
–गर्भावस्थामा घ्यूकुमारीको प्रयोग गर्नाले रक्तश्राव हुने सम्भावना बढी मात्रामा हुन्छ ।
– माछामा पारो धातु पाइने भएकाले यसको सेवन आमा र बच्चा दुबैलाई घातक हुन्छ ।
– भुँईकटहरमा ब्रोमलिन हुन्छ । तसर्थ यसको सेवन गर्नाले प्रसव पीडा हुने हुन्छ ।
–अण्डामा साल्मेनोला स्पिसज ब्याक्टेरिया हुन्छ, यसले इन्फेक्सन गराउने सम्भावना हुन्छ ।
– अण्डा पचाउन पनि कठिन हुन्छ ।
– हरियो आलुमा सोलेनिन एन्जाइम पाइन्छ । जसका कारण गर्भपतन हुने सम्भावना हुन्छ ।
– मदिरामा सुगर बढी हुन्छ, गर्भावस्थामा मदिरा सेवनले गर्भपतनको सम्भावना हुन्छ ।
– जंकफुड सेवन गर्नाले शरीरमा न्यूट्रिएट्सको कमी हुन्छ ।