काठमाडौं । आफू नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले संसद्मा पेस गरेको अविश्वास प्रस्तावका विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज जवाफ दिने भएका छन्।
मोदी सरकारविरुद्ध भारतीय संसद्मा पेस अविश्वास प्रस्तावमा दुई दिनदेखि छलफल जारी छ। अविश्वास प्रस्तावबारेको छलफलपछि प्रधानमन्त्री मोदीले आज अपराह्न ४ बजे संसद्मा सम्बोधन गर्ने भएका हुन्।