• जेष्ठ २८ २०८२, मंगलवार

अमेरिकाले युक्रेनलाई थोत्रा ट्यांक दिएको बेल्जियमको दाबी

श्रावण २४ २०८०, बुधबार

मस्को । रुस–युक्रेन युद्धमा युरोप र अमेरिकाले सुरूदेखि नै युक्रेनलाई साथ दिइरहेका छन् । युद्ध सुरू भएदेखि नै अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले युक्रेनलाई करोडौंका हतियारहरू दिइसकेका छन् ।

यी हतियार सहयोगमा सेकेन्डह्यान्ड अर्थात् पुराना प्रयोग भइसकेका हतियारहरू पनि समावेश भएको बेल्जियमको निजी रक्षा कम्पनी ओआईपी ल्यान्ड सिस्टमले जनाएको छ ।

ओआईपीका कार्यकारी अधिकृत फ्रेडी भस्लुजका अनुसार उनको कम्पनीले  ४९ वटा पुराना ट्यांक युरोपेली देशहरूलाई बेचेको छ । यी ट्यांकहरू युक्रेनमा पठाइएको उनको भनाइ छ ।

सन् २०१४ मा बेल्जियमको सरकारले रक्षाक्षेत्रको बजेट घटाउँदा ती ट्यांकहरू पनि प्रयोगविहीन हुन पुगेको थियो । ओआईपी कम्पनीले सरकारसँग ती ट्यांकहरू प्रत्येकलाई ३७ हजार युरोमा खरिद गरेको थियो ।

नेदरल्यान्ड्स र जर्मनीजस्ता देशले यसअघि दर्जनौँ लियोपार्ड ट्यांक युक्रेनलाई सहयोग गरेका थिए । युक्रेन पठाइएका सबै लियोपार्ड ट्यांक यतिबेला ध्वस्त भइसकेको रूसी दाबी छ । रूसले केही समय अगाडि मात्र धेरैभन्दा धेरै लियोपार्ड ट्यांक ध्वस्त बनाइदिएको भिडियो सार्वजनिक गरेको थियो ।
द गार्डियन