• मंसिर ११ २०८१, मंगलवार

एक वर्षमा १० करोडको विदेशी अचार आयात

श्रावण २२ २०८०, सोमबार

काठमाडौं । खाना खाँदा होस् या खाजा प्रायः नेपालीलाई चाहिने चिज हो-अचार । यही अचार अहिले नेपालमा विदेशबाट आउने गरेको छ । अर्थात् अचारमा पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालले विभिन्न देशबाट १० करोड २ लाख १४ हजार रुपैयाँको अचार आयात गरेको छ ।

०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म तीन लाख ७१ हजार ११२ केजी विभिन्न प्रकारका अचार नेपाल भित्रिएको छ । नेपालले अस्ट्रेलिया, चीन, भारत र युनाइटेड अरब इमिरेट्स (यूएई)बाट अचार आयात गर्ने गरेको छ । पछिल्लो एक वर्षमा नेपालले चीनबाट सात करोड ६७ लाख ६५ हजार रुपैयाँ र भारतबाट दुई करोड ३३ लाख २८ हजार रुपैयाँको अचार आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ करोड ६४ लाख ६१ हजार रुपैयाँको अचार आयात गरेको थियो । उक्त मूल्यमा तीन लाख ६७ हजार ५५२ केजी अचार नेपाल भित्रिएको थियो ।