• फाल्गुन २८ २०८१, बुधबार

विवादास्पद छवि बनाएका ल्यारकाल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

श्रावण २१ २०८०, आईतवार

काठमाडौँ  । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा ल्हारक्याल लामालाई नियुक्त गरेको छ । लामा पछिल्लो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए ।

लामा विवादास्पद पृष्ठभूमिका व्यक्ति हुन् । तत्कालीन झलनाथ खनाल सरकारको पालामा अर्थ राज्यमन्त्री भएका उनी दुईवटा राहदानी भएको प्रकरणमा विवादित बनेर मन्त्रीबाट हट्न बाध्य भएका थिए ।

त्यसपछि लामा माओवादीतर्फ लागेका थिए । उनी हातहतियारसम्बन्धी अपराधमा पनि पटकपटक पक्राउ परेका थिए ।