• आश्विन १३ २०८१, आईतवार

शिशुलाई स्तनपान कसरी गराउने ?

श्रावण १८ २०८०, बिहीबार

 

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो ।

स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने सम्भावना प्रबल रहन्छ । जन्मने बित्तिकै आमाको छातीमा टाँसिएर रहन दिनुपर्छ। बालबालिका जन्मको १ घण्टाभित्रै आमाको बिगौती दू देखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ ।

दूध खुवाउँदा एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउने साथै बालबालिकालाई दिनको १० देखि १२ पटक स्तनपान गराइराख्ने गर्नुपर्दछ ।

बालबालिकाले जति पटक दूध खान खोज्छ त्यति नै पटक स्तनपान गराउने र बालबालिकालाई सही आसन र सम्पर्कमा राखेर स्तनपान गराउने गर्नुपर्छ । आमा र वा बालबालिकाका, जो बिरामी भए पनि निरन्तर स्तनपान गराइरहने साथै बालबालिका २ वर्ष वा सोभन्दा पछिसम्म पनि निरन्तर रूपमा स्तनपान गराउनु पर्दछ ।

आमाले के कुरामा ध्यान दिने ?

स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खान खान चिकित्सकको सुझाव छ । बोतलबाट दूध नखुवाउने ।