• मंसिर १२ २०८१, बुधबार

 बेन्जिना बनिन् विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलो खेलाडी

श्रावण १४ २०८०, आईतवार

काठमाण्डौ। मोरक्कोकी डिफेन्डर नुहैला बेन्जिनाले महिला विश्वकप फुटबलमा हिजाब लगाएर इतिहास रचेकी छिन् । मोरक्कोको फुटबल क्लबका लागि खेल्ने बेन्जिना कुनै सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छिन् ।

२५ वर्षीया बेन्जिनाले दक्षिण अफ्रिकासँगको खेलमा डेब्यु गर्दै इस्लामिक हेडस्कार्फ हिजाब लगाएकी हुन् । यो खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हरायो ।

विश्व फुटबलको सर्वोच्च निकाय  ‘इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल  ” (फिफा) ले सन् २०१४ मा धार्मिक कारणबाट शिर ढाक्ने अनुमति दिएको थियो ।

महिला विश्वकप फुटबलमा यो वर्ष मोरक्कोसहित ८ वटा टिमले डेब्यु गरेका छन् ।