• आश्विन १३ २०८१, आईतवार

आँखामुनि कालो धब्बा डार्क सर्कल यसरी हटाउनुहोस्

श्रावण १४ २०८०, आईतवार

आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बसेको हुन्छ । विभिन्न भिटामिनहरूको कमीले गर्दा यस्तो दाग बस्ने हुन्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिलाले आफू नराम्रो वा कुरूप भएको महसुस पनि गर्छन् ।

सुख्खा हुँदा यस्तो धब्बा झनै प्रष्ट देखिन्छ । जब तपाईँको शरीर सुख्खा हुन्छ वा शरीरमा पानीको मात्रा न्यून हुन्छ, छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म बस्छ । अझ साँझपख कफी खानुभएको छ भने त यसको असर भोलि बिहान आँखामा देख्नुहुन्छ ।

शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् ।

एनिमिया पीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।

१. गुलाब जल- कटनको कपडा डल्लो बनाइ त्यसलाई गुलबजलमा डुबाउनुहोस् र १० मिटेनसम्म आँखामा राख्नुहोस् ।

२. काँक्रो- काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो पारी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । त्यसपछि त्यसलाई आधा वरिपरि करिब १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् ।

३. टमाटर- टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुहोस् । १० मिनेट पछि त्यसलाई स्वच्छ पानीले सफा गर्नुहोस् ।

४. आलु- आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुहोस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नुहोस् । केही समय पछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ ।