• आश्विन १४ २०८१, सोमबार

तलब नपाएपछि ‘कान्तिपुर’ मा चर्कियो आन्दोलन

श्रावण १३ २०८०, शनिबार

काठमाडौं। कान्तिपुर मिडियामा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको भन्दै अध्यक्ष कैलाश सिरोहियाको घर घेराउ गरेका छन् । विगत तीन महिनादेखि पारिश्रमिक नपाएकाले त्यहाँ काम गर्ने पत्रकार र कर्मचारीहरु आन्दोलन गर्न बाध्य भएका बताइएको छ ।

नियमित तलब नपाएकोमा कर्मचारीको गुनासो छ । संस्थाले तलब रोकेर, ढिला दिएर वा दिए पनि अपुरो दिएर कर्मचारीलाई सास्ती दिएको आन्दोलनरीहरुको भनाई छ । गत तीन महिनादेखि कर्मचारीहरु आन्दोलन गर्दै आएका छन् । कान्तिपुर, द काठमाण्डु पोष्ट, नारी मासिक र कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारमाथि मिडियाको ज्यादति भएको समाचार छ ।

आन्दोलनकारीले १६ वटा वितरण केन्द्रमा आईतबारदेखि कान्तिपुर र द काठमाण्डु पोष्ट पत्रिका वितरण रोकेका थिए । पत्रिका वितरण रोकिएकाले सूचना पाउने नागरिकको अधिकार खण्डित भएको भन्दै कान्तिपुर मिडियाले समाचार प्रकाशन गरेको छ ।
संघर्ष समितिका अनुसार कान्तिपुुर मिडिया ग्रुपका द काठमाण्डु पोष्ट, कान्तिपुर दैनिक, नारी मासिक र कान्तिपुर टेलिभिजनमा कार्यरत ४२ कर्मचारीलाई जर्बजस्ती निकालिएको थियो ।

अन्यलाई तलब कटौती गरेको र विभिन्न जिल्लामा कार्यरत कर्मचारीलाई पनि असहज तरिकाले सरुवा गराई जागिर छोड्न बाध्य बनाएको छ । यसरी नै कर्मचारीलाई सास्ती दिँदा कर्मचारी आन्दोलनका उत्रिन बाध्य भएका हुन् । श्रमजिवीमाथि ज्यादती गरेको भन्दै श्रमजिवी पत्रकार संघले श्रमजिवीको पक्षमा वकालत गर्दै आएको अध्यक्ष जन्मदेव जैसीले बताए । पारिश्रमिक पाउन आन्दोलन गर्दा पनि नपाएपछि दोस्रो आन्दोलनको सुरुवात भएको हो ।

आन्दोलन गर्दै कर्मचारीले सुरुमा २१ दिनको म्याद दिएका थिए । त्यस लगत्तै ७ दिनको म्याद थप गर्दापनि तलब नपाएको र अन्तमा ७२ घण्टाको म्यादमा पनि वेवास्ता गरेकोले आन्दोलन चर्किएको हो ।आन्दोलनमा कर्मचारीले जबरजस्ती कर्मचारी निस्कासन गर्न पाइँदैन जस्ता नारा लगाएका थिए ।