एलन मस्क एक सफल व्यवसायी हुन् । उनी अन्तर्राष्ट्रिय धनाढ्य पनि हुन् । विश्वकै धनाढ्य पनि ! उनले के गर्न सक्छन् भन्नु भन्दा पनि उनले के गर्न सक्दैनन् ? भन्ने प्रश्न बढी अनुकूल हुन्छ झैं लाग्छ ।
असफलता नै सफलताको जग मान्ने मस्क निरन्तर सपना देखिरहन्छन् । अरूले सुतेको बेला सपना देख्लान्, तर मस्कले सपना देखेभने सुत्दैनन् । सपना पूरा गर्न निरन्तर निरन्तर लागिपरिरहन्छन् ।
अहिले एलनको सपना ट्विटरको नाम र लोगो परिवर्तन गर्नमा कार्यान्वयन भइरहेको छ । गत वर्ष मोटो राशी खर्च गरेर उनले माइक्रो ब्लगिङ साइट खरिद गरेका थिए ।
त्यसपछि उक्त प्लेटफर्ममा उनले पटक पटक लोगो र नाम परिवर्तनको सङ्केत गरिरहे । समयक्रमसँगै उनी शायद साउन ८ गतेदेखि सापेक्ष स्थायी निचोडमा पुगे कि क्या रे ! उनले ट्विटरको नाम ‘एक्स’ ‘ह्’ राखेका छन् । लोगो पनि परिवर्तन गरेका छन् ।
सन् १९९९ मा ‘एक्स’ नामबाट बैङ्क खोलेका मस्कले सन् १९९९ मा ‘एक्स डट कम’ नामबाट उक्त अनलाइन बैङ्क दर्ता गराएका थिए । उनको यो बैङ्क अर्को कम्पनीमा विलय भएपछि उनलाई एक्स डट कमको सिइओबाट हटाइयो ।
मर्जरपछि बनेको उक्त कम्पनी ‘पेपल’ बनेको थियो । उक्त पेपलबाट मस्कले सन् २०१७ ‘एक्स डट कम’ किनेर आफ्नो स्वामित्वमा ल्याए । त्यसैमा ट्विटसहित मस्कले भनेका थिए, ‘यो एक्स डट कमको यो डोमेनमा … भावनात्मक मूल्य असिम छ ।’
उनले टेस्ला नामक कार कम्पनीमा लोकप्रिय एसयुभी सन् २०१५ मा लन्च गर्दा त्यसको नाम मोडल एक्स राखिएको थियो । मोडल एक्स कार जमिनमा गुडाएर होइन, आकाशमा उडाएर प्रयोगमा ल्याए । मस्कको अन्तरिक्ष स्टेशन स्पेस एक्सले अन्तरिक्षमा रकेट र स्पेसक्राफ्ट पठाउने काम गरिरहेको छ ।
मस्कले आफ्ना सन्तानलाई एक्स नामले बोलाउँछन् । एक्सलाई प्रेमको संकेत मान्छन् उनी ! यही सिलसिल अघि बढ्दै गर्दा मस्कले हाल आफ्नो स्वामित्वमा ल्याएका ट्विटरको नाम पनि एक्स राखेका छन् ।
मस्कको पृथ्वीदेखि अन्तरिक्षसम्म एक्स नै एक्स नामको सञ्जाल बनेकाले उनको एक्स एक ‘युनिभर्सल एक्स’ हुन गएको छ ।