मस्को । रुसले ६ वटा अफ्रिकी देशहरुलाई निःशुल्क अन्न दिने घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले राजधानी सेन्टपिटर्सवर्गमा भएको रुस-अष्ट्रेलिया शिखर सम्मेलनको उद्घाटन गर्दै ५० हजार मेट्रिक टन अन्न सित्तैमा पठाउने घोषणा गर्नुभएको हो ।
बुर्किनाफासो, माली, जिम्बाब्बे, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रेरियामा निःशुल्क रुपमा अन्न सहयोग गर्ने बताइएको छ । कालासागरको बन्दरगाहबाट अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा अन्न पठाउने सम्झौता युक्रेनले नवीकरण नगरेपछि युक्रेनको अन्न निर्यात हुन पाएको छैन । गहुँ, जहुँ र सूर्यमुखीको तेलमा विश्वका धेरै देशहरु रुस र युक्रेनको भर पर्दै आएका छन् ।
युक्रेनले रुससित अन्न निर्यात सम्झौता नवीकरण नगरेका कारण विश्वमा भोकमरी सिर्जना भएको छ । २०२२ मा राष्ट्र संघ र टर्कीको पहलमा कालासागर अन्न सम्झौतापछि युक्रेनको अन्न निर्यात भएको थियो ।