• जेष्ठ २७ २०८२, सोमबार

सुन क्वीन्टलको हिसाबले सेटिङमा आउँछ, कर्मचारी सरुवा गरेर टार्न पाइँदैन : रवि लामिछाने

श्रावण १० २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्वीन्टलका क्वीन्टल सुन सेटिङमा आएको बताउँदै दोषीलाई कारबाही नगरी कर्मचारीलाई सरुवा गरिएको बताएका छन् ।

संसदको आजको बैठकमा उनले भने, ‘क्वीन्टलका क्विन्टल सुन आउनमा जनताले अचम्म मनेका छैनन् । वर्षौंदेखिको सेटिङमध्येको अर्को घटना आएको हो । जब यस्ता घटना आउँछन्, तब कर्मचारीको सरुवा हुन्छ । सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो ?’

विभिन्न निकायका प्रमुखलाई बर्खास्त गरेर अनुसन्धान गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे । ‘क्वीन्टलका क्वीन्टल सुन आउने विषयमा विभिन्न निकायमा प्रमुखलाई बर्खास्त गर्नुपर्ने हो । केही कर्मचारी सरुवा गरेर टाल्न पाइँदैन,’ उनले भने ।