काठमाडौं । सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश गरेको छ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा राजश्व अनुसन्धान विभागसहित सरकारलाई किन पक्राउ गरिएको हो र थुनामा राख्नुको कारण माग गरेको छ।
सर्वोच्चले उनलाई कति समयसम्म थुनामा राख्नुपर्ने र अनुसन्धानका विषयमा जवाफ पेस गर्न भनेको छ।