• जेष्ठ २७ २०८२, सोमबार

सय किलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

श्रावण १० २०८०, बुधबार

काठमाडौं । सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार चुडालको एकल इजलासमा सो रिट पहिलो नम्बरमा पेशी चढेको छ ।

राजस्व अनुसन्धान विभागले अनुसन्धानका लागि थुनामा राखेको निर्णयलाई चुनौती दिँदै पराजुलीको हकमा अधिवक्ता विक्रम भण्डारीले बन्दीको निवेदन मंगलबार दर्ता गराएका थिए ।

१ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीले सुन विमानस्थलबाट बाहिर निकाल्न सहयोग गरेको र सुन तस्करीसँग मिलेमतो हुन सक्ने भन्दै विभागले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

‘रेडी ट्रेड प्रालि’ ले मगाएको स्कुटर र मोटरसाइकलको ब्रेक सुमा सुन तस्करी भएको पाइएको थियो। विभागले समानभित्र सुन भएको सूचनाको आधारमा विमानस्थलको गेटमा पक्राउ गरेको थियो। मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापनपत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए।