काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक साँझ बस्ने गरी स्थगित भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेको तर साँझ पुनः बस्नेगरी अहिलेलाई स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
उनले भने, ‘१७ गते बस्ने केन्द्रीय कमिटीका बैठकका एजेन्डाबारे अनौपचारिक रूपमा छलफल गर्न बैठक बसेको थियो । तर अहिले पुन: बस्नेगरी स्थगित भएको छ । साँझ ४ बजे पुन बस्ने छ ।’
आगामी साउन १७ गते माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी पार्टी अध्यक्ष प्रचण्ड इटाली भ्रमणमा छन् ।