काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विदेशमन्त्री छिङ काङलाई बर्खास्त गरेका छन् । यसैबीच राष्ट्रपति सीले फेरि वाङ यीलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।
विदेशमन्त्री काङ अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेनालाई उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
विदेशमन्त्री काङले अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा काम गरिसकेका छन् । गत डिसेम्बर अन्तिममा विदेशमन्त्री नियुक्त भएका काङ सात महिना नबित्दै बर्खास्तीमा परेका हुन् ।
चिनियाँ जनमुक्ति सेनाले दिएको प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो । चिनियाँ विदेशमन्त्री भएपछि पनि उनी अमेरिकी कूटनीतिज्ञहरूसँग नियमित सम्पर्कमा रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति सीले विदेशमन्त्री छिन काङलाई हटाएको बीबीसीले समेत पुष्टि गरेको छ ।