काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । केसीलाई गृह सचिवस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको प्रहरी प्रवक्त कुबेर कडायतले जानकारी दिए ।
“सचिवस्तरीय निर्णयबाट भविष्यमा अयोग्य नठहरिने गरी उहाँलाई जागिरबाट हटाइएको हो,” कडायतले भने । अर्थात् उनी कानुनी रूपमा उन्मुक्ति पाए पुनर्बहाली हुने छन् ।
केसीमाथि ३५ तोला सुन फिर्ता गर्ने सर्तमा साढे आठ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । उनलाई गएको वर्ष पुसमा सुन, साढे ९ लाखको चेक र साढे आठ लाख रुपैयाँ नगदसहित सीआईबीले पक्राउ गरेको थियो ।