• जेष्ठ २७ २०८२, सोमबार

भिषण वर्षाले दाङको देउखुरी क्षेत्र डुबानमा

श्रावण ९ २०८०, मंगलवार

काठमाडौँ। भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।त्यस्तै लमही, ३ कौडिया (कान्तिपुर गाउँ)का घर डुबानमा परेका छन् भने दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु)ले उद्धार गरेको छ । रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरन भट्टको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।

त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।