• जेष्ठ २७ २०८२, सोमबार

कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

श्रावण ८ २०८०, सोमबार

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री महतले सुरक्षा निकायसहितको समन्वय समिति समेत रहेकोमा कुनै कारणबाट राजश्व दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै त्यस्तो कार्य भेटिए कडाभन्दा कडा कारबाही गरिने समेत चेतावनी दिए ।