• मंसिर १४ २०८१, शुक्रबार

प्रभु इन्स्योरेन्सको सेयर कारोबार आजदेखि फुकुवा

श्रावण ८ २०८०, सोमबार

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार आजदेखि फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको जनाएको छ ।

गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ।

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृत प्राप्त हुने वा नहुने अझै अन्यौल नै रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको थियो थियो। पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता सर्तहरुको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि गरिएको थियो।

प्रतिबद्धतासहितको पत्र प्राप्त भएकोले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय नेप्सेले गरेको हो।