काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोहीद्वय सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको डीएसपी दिनेश आचार्यले जानकारी दिए।
यसअघि सीआईबीले नापी विभागका पूर्व कर्मचारी तथा अमिन अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। सरकारी जग्गामा नक्कली मोही खडा गर्ने काममा श्रेष्ठको पनि भूमिका देखिएको सीआईबीले जनाएको छ। सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ जना पुगेको छ।