काठमाडौँ । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता भएका छन् । पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।
फुटसल खेल्न जाँदै गरेका साजन पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका हुन् । उनको खोजीमा प्रहरी परिचालन गरिएको डिएसपी अधिकारीले जानकारी दिए । साजन परिवारसँग सामाखुशीमा बस्दै आएका थिए ।