• मंसिर १४ २०८१, शुक्रबार

अब विदेश जानेले २५ सय डलरसम्म लैजान पाउने

श्रावण ७ २०८०, आईतवार

काठमाडौं । अब भारतबाहेक अन्य मुलुकमा जानेहरुले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

नीतिमा उल्लेख छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।’
हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो ।