काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयको अवरोधका कारण यही साउन १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन ३ दिनभित्र पूरा भइसक्नेछ।