• जेष्ठ २७ २०८२, सोमबार

सुन तस्करी हुनुमा कर्मचारीहरु नै मुख्य दोषी हुन्छन् : वामदेव गौतम

श्रावण ६ २०८०, शनिबार

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरूको संलग्नता हुन नसक्ने बताए ।

उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने जानकारी दिए। गौतमले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे ।