• जेष्ठ २७ २०८२, सोमबार

चीनमा भ्रष्टाचार मुद्दामा १८ मन्त्रीसहित दुई लाख ५८ हजारमाथि कारबाही

श्रावण ६ २०८०, शनिबार

बेइजिङ । चीन सरकारको अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाए अनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । तीमध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ ।

अनुसन्धानका क्रममा एक लाख ७० हजार वटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरुपण गरेका छन् ।