काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।
विराटनगर-११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीका सांसद तथा नेताले समेत नबोलेको बताए । केही दिन अघि सो पार्टीका नेता स्वणर्ीम वाग्लेले नेपाली सेनाको संख्या घटाउनु पर्ने बताएका थिए ।
उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको पनि बताए । लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए । आगामी मङ्सिरदेखि पार्टीको अधिवेशनको तयारी सुरू हुने जानकारी दिए।