• जेष्ठ २७ २०८२, सोमबार

‘सेटिङ’ बिना सुन तस्करी असम्भव : रवि लामिछाने

श्रावण ६ २०८०, शनिबार

विराटनगर । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी असम्भव हुने बताएका छन् ।

उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् ।

“सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,” उनले भने, “यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीकाे माग छ ।”