• जेष्ठ २७ २०८२, सोमबार

धरान-इटहरी सडकखण्डको सेउती पुलमा युवकको गोली हानी हत्या

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौं । धरान-इटहरी सडक खण्ड अन्तर्गत सेउती पुलमा गोली हानेर एक जनाको हत्या भएको छ । धनकुटाको मूलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीमाथि हतियारधारी समूहले गोली हानी लुटपाट गरेको हो ।

गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको प्रहरी स्रोतले बताएको छ । गोली लागेर गम्भीर घाइते भएका चौधरीको बीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीन जनाको समूहमा आएका लुटेरामध्ये दुई जना सँग खुकुरी र एक जनासँग पेस्तोल रहेको घाइते मृतक चौधरीको सँगै रहेकी युवतीले प्रारम्भिक बयान दिएकी छिन् ।