• मंसिर १४ २०८१, शुक्रबार

सुन तस्करीमा पक्राउ भारतीय नागरिकको फ्ल्याटमा राजस्व अनुसन्धान विभागको छापा

श्रावण ४ २०८०, बिहीबार

काठमाडौँ । हङ्कङबाट अवैध रुपमा ल्याइएको सुन तस्करीमा पक्राउ गरिएका भारतीय नागरिकको फ्ल्याटमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

भारतीय नागरिक थाप्तेन छिरिङ बस्ने पानिपोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । पुरानो दिल्ली घरका ५३ वर्षीय थाप्तेन छिरिङ पानी पोखरीस्थित सो हाउजिङमा बस्दै आएका थिए ।

छिरिङलाई विभागको टोलीले बुधवार राति नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरीको सहयोगमा हाउजिङमा छापा मारेर त्यहाँ भेटिएको कागजात जफत गरिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए ।