• जेष्ठ २७ २०८२, सोमबार

सत्ताधारी दलकै नेता शेखर कोइराला भन्छन्, ‘देशमा शुसासन कायम हुन सकेन’

श्रावण ४ २०८०, बिहीबार

काठमाडौं । सत्तारुढ कांग्रेस नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा दण्डहीनताले सीमा नाघेको बताएका हुन् ।

उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निणर्य गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए ।

देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको बताए । उनले भने,‘अहिले विश्वमै हेर्नुभयो भने राष्ट्रियताको आडमा लोकरिझाँई भन्छन् नि, लोकप्रियतावादी, पपुलिजमका कुरा गरेर हामी आफूलाई स्थापित गर्न खोजिरहेका छौँ दुनियाँमा नै । ट्रम्पले गरेको हेर्नुभयो नि, उनी अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति थिए । अरु सबै देशको, चारैतिर हेर्दैजानुस् ।’