काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको छ । आफ्नो निर्यात नीतिमा संशोधन गर्दै भारतले चामल निर्यातमा रोक लगाएको हो ।
भारतीय बजारमा चामलको मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बजारमा पछिल्लो १० दिनमा मात्र चामलको मूल्य १० प्रतिशतले बढेको छ । तर, निर्यातका लागि लोड भइसकेको चामलमा भने निर्यात प्रतिबन्ध छैन ।