• मंसिर १४ २०८१, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलो सुन बरामद, कहाँबाट आयो यति धेरै सुन ?

श्रावण ३ २०८०, बुधबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । सो कुरा राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका हुन् ।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।