• जेष्ठ २७ २०८२, सोमबार

जब अमेरिकी सेना एकाएक उत्तर कोरियाको कब्जामा परे, तब अत्तालियो अमेरिका

श्रावण ३ २०८०, बुधबार

प्योङयाङ । अमेरिकाका एक नागरिक यतिबेला उत्तर कोरियाको हिरासतमा रहेको दक्षिण कोरियास्थित यूएन कमाण्डले जानकारी दिएको छ । उत्तर कोरियाले पक्राउ गरेका व्यक्ति अमेरिकी सैनिक भएको पनि बताइएको छ । हालै संयुक्त राष्ट्रसंघको आयोजनामा उत्तर कोरिया र दक्षिण कोरियालाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र डीएमजेटमा भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही भ्रमण कार्यक्रमबाट अमेरिकी सैनिक ट्र्याभिस किङ उत्तर कोरियातर्फ भागेका थिए । ट्राभिस आफ्नै खुसीले कसैलाई जानकारी नदिई उत्तर कोरिया भागेको संयुक्त राष्ट्रसंघको यूएन कमाण्डले जानकारी दिएको छ । राष्ट्रसंघको यूनएन कमाण्ड दक्षिण कोरियालाई समर्थन गर्न स्थापना गरिएको बहुराष्ट्रिय सैन्य बल हो । सन् १९५० देखि १९५३ सम्मको कोरियाली गृहयुद्धका क्रममा पनि यूएन कमाण्डले दक्षिण कोरियाको तर्फबाट उत्तर कोरियाविरुद्ध युद्ध लडेको थियो । सन् १९५३ मा यी दुई राष्ट्रबीच युद्धविराम त भयो तर युद्ध रोक्ने सहमति भएन, जसका कारण प्राविधिक रूपमा अझै पनि उत्तर कोरिया र दिक्षण कोरिया युद्धमै छन् ।

यूएन कमाण्डअन्तर्गत दक्षिण कोरियामा २८ हजार अमेरिकी सेना तैनाथ छन् । हालै उत्तर कोरिया भाग्ने अमेरिकी सेना ट्र्याभिस किङ पनि दक्षिण कोरियामा तैनाथ थिए । उनी हालै अनुशासन कारबाहीमा परेका कारण उनलाई अमेरिका नै फर्काउने प्रक्रिया चलिरहेको थियो । तर, उनी राष्ट्रसंघले आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भए जहाँ उनी असैनिकीकृत क्षेत्र डीएमजेटबाट उत्तर कोरियातर्फ भागे । उनी सन् २०२१ मा मात्र अमेरिकी सेनामा भर्ती भएको बताइएको छ । यो घटनामा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले दुःख व्यक्त गरेका छन् र ट्र्याभिस किङलाई उत्तर कोरियासँग वार्ता गरेर स्वदेश फर्काउने प्रयास गरिने बताएका छन् ।

असैनिकीकृत क्षेत्र डीएमजेटबाट अमेरिकी सेना ट्र्याभिस उत्तर कोरिया भागेपछि डीएमजेट के हो भनेर पनि प्रश्न गर्न थालिएको छ । वास्तवमा उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १९५३ मा युद्धविराम हुँदा डीएमजेट खडा गरिएको हो । डीएमजेटले उत्तर कोरिया र दक्षिण कोरियालाई छुट्याउँछ । जसको लम्बाइ २५० किलोमिटर छ भने यसको चौडाइ चार किलोमिटर छ । डीएमजेट वारिपारि दुवै देशका सैनिकहरू तैनाथ छन् । यस वरपर माइन बमहरू बिछ्याइएका छन्, जसका कारण दुवै देशका सेना अर्काको भूमिमा जान पाउँदैनन् ।

डीएजेटभित्र दुवै देशका सेनाले गोलाबारी पनि गर्न पाउँदैनन् । यसै क्षेत्रमा सन् २०१९ मा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले भेटघाट गरेका थिए । रोयसर्ट र बीबीसीको सहयोगमा