• मंसिर ११ २०८१, मंगलवार

क्यानडामा हुने नेपाली मेलामा प्रकाश सपुतले धमाका मच्चाउने

श्रावण १ २०८०, सोमबार

काठमाडौं । क्यानडाको क्यालगरीमा नेपाली मेला हुने भएको छ । नेप्लीज कम्युनिटी अफ क्यालगरी र क्यालगरीमा बसोवास गरेका नेपालीहरूका विभिन्न संघ-संस्थाहरूको सहकार्यमा मेला आयोजना हुन लागेको हो । आगामी जुलाई २२ मा क्यालगरी जाऔँ, नेपाल मेला मनाऔँ भन्ने नारासहित नेपाली पहिचान र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न मेला आयोजना गरिएको हो ।

नेपाली कला, संस्कृति र भेषभुषा प्रवर्धन र प्रचार गर्ने उदेश्यका साथ हुन लागेको नेपाली मेला क्यालगरीको इतिहासमै नेपालीद्वारा हुन लागेको यस प्रकारको पहिलो कार्यक्रम हो ।

आगामी जुलाई २२ शनिवार हुन लागेको एक दिने कार्यक्रममा करिब ५ हजार आगन्तुकको सहभागिता हुने आँकलन गरिएको छ । मेलामा नेपाली संस्कृति र भेषभुषा झल्किने प्रस्तुति तथा पञ्चेबाजासहितका झाँकी सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारको मुख्य आकर्षण रहने छ ।

यस्तै नेपाली कला, संस्कृति, नेपाली खाना, परामर्श सांगितिक प्रस्तुति तथा बालबालिका र जेष्ठ नागरिकको लागि मनोरञ्जनात्मक स्थल रहने छन् । कार्यक्रममा चर्चित लोकदोहोरी गायक प्रकाश सपूत लगायतका कलाकारहरूले प्रस्तुति दिने बताइएको छ । नेपाली मेलालाई मध्यनजर र प्रचार गर्दै नेपाली राजदूतावासले पनि प्रचार प्रसार स्वरुप घुम्ती सेवा संचालन गरेको छ ।