• मंसिर १३ २०८१, बिहीबार

मुटु यसरी जोगाउनुहोस्

श्रावण १ २०८०, सोमबार

मुटु मानव लगायत शरीरको एक महत्त्वपूर्ण अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । पछिल्लो समयमा मुटु रोग युवा अवस्थाकै मान्छेहरुमा डरलाग्दो तरिकाले फैलिएको चिकित्सकहरु बताउँछन् । आजभोलि हाम्रो जीवनशैलीका कारण विभिन्न समस्याहरु निम्तिरहेका हुन्छन् । मानिसहरु पनि विभिन्न समस्यामा परिरहेका हुन्छन् जसका कारण मुटुको समस्या हुन सक्छ ।

मुटु रोगको लक्षण

घाँटी दुख्नु,
टन्सिल हुन
देब्रे छाती दुख्नु
श्वासप्रश्वासमा समस्या आउनु
मुटुको चाल बढ्नु
रिंगटा लाग्नु, बेहोस हुनु
छाती दुखेसँगै खलखल पसिना आउनु
वाकवाकी लाग्नु, वान्ता आउनु
जिब्रो लरबरिनु हात झम्झमाउनु आदि ।

घरेलु उपायबाट नै हामीले हाम्रो महत्वपूर्ण अंग मुटु जोगाउन पनि सक्छौँ ।

अनियमित दिनचर्या, ज्यादा चिल्ला खाना तथा व्यायाम नहुँदा मुटुको रोग लाग्न सक्छ ।

त्यसैले मुटुको स्वास्थ्यका लागि घरमा नै अचुक औषधि नभएको होइन । यसका लागि त सिर्फ पाँच कुराको आवश्यकता हुन्छ । त्यो हो– लसुन, अदुवा, कागती, एप्पल भिनेगर र बेसार ।

लसुन, अदुवा, कागतीको एक एक कप शुद्ध रस निकाल्ने र त्यसमा एक कप शुद्ध एप्पल भेनेगर मिलाएर एउटा मिश्रण बनाउने र त्यसलाई उम्हाल्ने अनि तीन कप शुद्ध बेसार हालेर घोलन बनाउनु पर्छ । अब यो मिश्रणलाई एउटा शिसाको बोतलमा राखेर विहान र साँझ दुई दुई चम्चा तातो पानीसँग खाने हो भने यसले मुटुको अनेक रोगलाई टाढा बनाउने मात्र होइन, कोलेस्ट्रोल पनि कम गर्छ । साथै धमनीहरुमा पनि यसले सहयोग गर्छ ।